समाचार
त्रिवेणी गाउँपालिकाकाे संक्षिप्त परिचय
त्रिवेणी गाउँपालिका नेपालकाे संविधानकाे धारा २९५ काे उपधारा (३) बमाेजिम कायम भएका गाउँपालिका, नगरपालिका मध्येकाे एक हाे । रूघा, खारा, मुरूबाट बग्ने सबै खाेलाहरू एकिकृत भई सिम्रुतु पुगेर एकै ठाउँमा भेट हुने र साे स्थानलाई त्रिवेणी भन्ने गरीइएकाे कारणले यस गाउँपालिकाकाे नाम त्रिवेणी राखिएकाे हाे । साविकका गा.वि.स हरू रूघा, खारा, मुरू, पेउघा र नुवाकाेट (३) भु-भाग ओगटेर बनेकाे यस गाउँपालिकाकाे कुल क्षेत्रफल ८५.४९ वर्ग किलाेमिटर र यस गाउँपालिकाकाे जनसङ्ख्या २३५२० रहेकाे छ र यस गाउँपालिकामा जम्मा ४४०० घरधुरी रहेका छन।समुन्द्र सतहबाट ११२५ मि. देखि २६८२ मि. सम्मकाे उचाईमा रहेकाे यस गाउँपालिकाे पुर्वमा राेल्पा जिल्ला, पश्चिममा चाैरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका, उत्तरमा मुसीकाेट नगरपालिका र दक्षिणमा सल्यान र राेल्पा जिल्ला पर्दछन । नेपालकाे कर्णाली प्रदेश अन्तर्गत पर्ने रुकुम (पश्चिम) जिल्लामा अवस्थित त्रिवेणी गाउँपालिकाकाे अधिकांश भु-भाग भिरालाे, जैविक विविधता र पहाडहरूले घेरिएकाे छ । यस गाउँपालिकाकाे थाेरै मात्र भु-भाग फाँट, जिउला तथा वेशिमा पर्दछन । पहाडि भु-भाग भएता पनि जमिनकाे उर्वरा शक्ति राम्राे छ। पेदीखेत, मान्टुरा, मुरूखाेला, सिम्रुतु खाराखाेला काईयाखाेला र रूघाँखाेलाका दायाँ वायाँ किनारामा सिँचाई सुविधा छ भने बाँकि सबै भु-भाग आकासे पानीकाे भरपर्नु पर्ने बाध्यता छ ।