त्रिवेणी गाउँपालिका रूकुम पश्चिमले मिति २०७६/०१/१२ गते गा.पा. उपाध्यक्ष निर्मला विष्ट खड्का ज्यु काे संयाेजकत्वमा अपांगता परिचय पत्र वितरण कार्यविधि २०७५ तथा अपाङ्गता परिचय पत्र वर्गिकरण निर्देशिका बमाेजिम अपांगता परिचयपत्र वितरण गरेकाे छ।
त्रिवेणी गाउँपालिका रूकुम पश्चिम द्धारा १० वटै वडाहरूमा "कृषि गुरू याेजना निमार्ण " याेजना अन्तर्गत अाज मिति २०७५।११।२३ गते वडा नं. ३ र ६ बाट कार्य शुभारम्भ गरियाे।
अाज मिति २०७५ साल फाल्गुण २१ गते का दिन त्रिवेणी गा.पा का अध्यक्ष झक्कु प्रसाद घर्ति मगर ज्यु को अध्यक्षतामा शहिद सप्ताह अन्तर्गत सहिदहरूकाे सम्मानमा त्रिवेणी गाउँपालिका बाट अायोजित शहिद परिवार सम्मान कार्यक्रम सिम्रुतुमा सम्पन्न भयाो।
लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलार्इ स्वीकार भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान समाराेह गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट खड्का ज्यु काे प्रमुख अाथित्यमा मिति २०७५।०८।०९ गते उद्घाटन भएकाे छ।